काठमाण्डौ – इंग्ल्यान्डको वेम्बली स्टेडियममा भएको कम्युनिटी सिल्ड को फाइनलमा म्यानचेस्टर सिटीले लिभरपुललाई पराजित गर्दै नयाँ सिजनको पहिलो उपाधि हात पारेको छ । लिभरपुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै सिटीले कम्युनिटी सिल्ड जितेको हो ।
पहिलो हाफमा सिटीले रहिम स्टरलिङको गोलमा खेलको १२ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा सिटीले आफ्नो अग्रता १ – ० ले कायम राख्यो ।
दोस्रो हाफको ७७ औं मिनेटमा वैकल्पिक खेलाडी जोएल माटिपले हेडरमार्फत लिभरपुलले बराबरी गोल फर्कायो । रोमान्चक खेलमा दुवै टिम बाट केहि सुनौलो अबसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेनन । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा सिटीका पाँचै खेलाडी गुन्डोगान, बेर्नार्दो सिल्भा, फोदेन, जिएञ्चेको र ग्राब्रियल जेसुस को प्रहार गोलमा परिणत भयो । लिभरपुलका जर्दान साकिरी, एडम ललाना, चेम्बर्लिन र मोहम्मद सलाहले गोल गर्दा जर्जिनियो विज्नल्डमको दोस्रो प्रहार गोलरक्षक ब्राभोले बचाएपछि सिटीले उपाधि जित्न सफल भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस