वेष्ट इन्डिज विरुद्धको तिन म्याचको टी-२० सिरिज भारतले एक खेल अगावै जितेको छ । भारतले वेस्ट इन्डिजलाइ डकवर्थ लेविस (डिएल मेथड) पद्दतिको आधारमा २२ रनले पराजित गरेको हो।
आइतबार राती डकवर्थ लेविस (डिएल मेथड) पद्दतिको आधारमा २२ रनले विजयी हुँदै भारतले ३ खेलको सिरिज लगातार दुइ खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.३ ओभरमा ९८-४ को अवस्थामा खेल वर्षाले रोकिदा नतिजा डिएलमा पुगेको हो ।
रोभमन पावेलले ५४ रनको योगदान दिए । त्यस्तै निकोलस पुरनले १९, एभिन लुइस शून्य र सुनिल नारायन ४ रनमा आउट भए । काइरन पोलार्ड ८ र शिम्रन हिटमायर ६ रनमा खेलि रहेको अवस्थामा वर्षा सुरु भएको थियो । भारतका लागि क्रुनाल पाड्या २, वाशिन्टन सुन्दर र भुवनेश्वर कुमारले समान १ / १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । भारतका लागी रोहित शर्माले सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान विराट कोहलीले २८ रनमा बोल्ड आउट भए ।
ओपनर शिखर धवन २३, ऋषभ पन्त ४,मनिष पाण्डे ६ रनमा आउट भए । क्रुनाल पड्या २० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि ओशने थोमस र शिल्डोन कर्टेलले समान २ विकेट लिए । किमो पाउलको नाममा १ विकेट रह्यो ।
पहिलो खेलमा वेस्ट इन्डिज ४ विकेटले पराजित भएको थियो । अन्तिम खेल मंगलबार हुने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस