काठमाडौ – घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियासँगको एसेज सिरिज अन्तर्गतको पहिलो टेस्टमा २ सय ५१ रनको लज्जास्पद हार बेहोरेको छ ।
अष्ट्रेलियाले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड १४६ रनमा अल आउट भएपछि लज्जास्पद हार भोगेको हो । इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक ३७, जोसन रोय र कप्तान जो रुटले समान २८ / २८ रन जोड्नु बाहेक अन्य कुनै पनि ईङलिस ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । इंग्ल्यान्डलाई सस्तैमा समेट्न नाथन लायनले ६ विकेट लिए । त्यस्तै प्याट कुमिन्सले ४ विकेट हात पारे ।
चौथो दिनको दोस्रो इनिङसमा अष्ट्रेलियाले १ सय १२ ओभरमा ४८७-७ को अवस्थामा इनिङ समाप्तीको घोषणा गरेको थियो । स्टिभ स्मिथ १४२ म्याथ्यु वेडले पनि ११० रन जोडे । ट्राभिस हेड ५१ उस्मान ख्वाजा ४०,प्याट कमिन्स २६, कप्तान टिम पाइनले३४ रन रन जोडे। जेम्स प्याटीन्सन ४७ रनमा नटआउट रहे। इंग्ल्यान्डका लागि वेन स्टोक्सले ३ र मोईन अलीले २ विकेट लिए ।
अष्ट्रेलियाले पहिलो इनिङमा २ सय ८४ रन बनाएको थियो । जवाफि पहिलो इनिङ थालेको ईङल्यान्डले ३७४ रन बनाउँदै ९० रनको अग्रता लिएको थियो । रोरी वन्सले १३३ रन त्यस्तै जो रुट ५७ र बेन स्टोक्सले ५० रनको योगदान दिए । अष्ट्रेलियाका प्याट कुमिन्स र नाथन लायनले समान ३ विकेट लिए ।
पाँच खेलको टेस्ट सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट आगामी १४ अगष्टमा सुरु हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस