काठमाडाैं-ओमान क्रिकेटले असोज १६ बाट हुने टी२० प्रतियोगिता खेल्ने भएको छ । प्रतियोगितामा नेपाल र ओमानसहित आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सको पनि सहभागिता रहने छ ।
ओमानले सहभागीताका लागि सबै देशलाई पत्राचार गर्ने क्रममा नेपाललाई पनि ईमेलमार्फत प्रस्ताव गरेको नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले बताए । तर, नेपालमा क्रिकेट बोर्ड नभएका कारण नेपालको कुनैपनि प्रतियोगितामा सहभागिताबारे निर्णय आइसिसीले नै गर्दै आएको छ । त्यसैले सहभागी हुने विषयमा निर्णय गर्न केही दिन लाग्ने शिवाकोटीले बताए ।
‘नेपाल सहभागी हुने वा नहुने विषयमा हामीले होइन आइसिसीले निर्णय गर्छ । हामिलाई ओमानले पत्राचार गरेको छ । सहभागी हुने वा नहुने निर्णय भइसकेको छैन । आज वा भोलीमा हामी निर्णय गर्नेछौं’, शिवाकोटीले शिलापत्रलाई बताए ।
क्यान कारबाहीमा परेपछि नेपालको क्रिकेट व्यवस्थापन आइसिसीले हेर्दै आएको हो । राष्ट्रिय टिमका प्रशिक्षकका रपमा उमेश पटवालको नियुक्ति पनि आइसिसीले नै गरेको थियो । सिंगापुरमा सम्पन्न एसियाली छनोटमा प्रथम हुँदै ग्लोबल छनोट खेल्न नपाएपछि प्रशिक्षक पटवाल उतैबाट भारत गएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस