काठमाण्डौ-भारतले वेस्ट इन्डिजसँगको ३ खेलको टि – २० सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज ३ – ० ले आफ्नो पक्षमा पारेको हो । १४७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले पाँच बल अगाडी नै ३ विकेटको क्षतिमा १५० रन बनाउदै लक्ष्य पुरा गर्यो ।
टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । काइरन पोलार्डले सर्वाधिक ५८ रनको योगदान दिए । रोभमन पावेल ३२ रनमा नट आउट रहे । ओपनर इभिस लुईस १०, सुनिल नारायण २, शिम्रोन हेटमेर १, निकोलस पुरण १७ र कार्लोस ब्रेथव्हाइट १० रनमा आउट भए ।भारतका लागि सर्वाधिक ३ विकेट दिपक चाहरले लिए । नवदीप सैनी २ र राहुल चहरले नाममा १ विकेट लिए ।
भारतको जितमा विकेटकीपर ऋषभ पन्तले ६५ र मनिष पाण्डे २ रन जोड्दै अविजित रहे । कप्तान विराट कोहली ५९ रनमा आउट भए । ओपनर केएल राहुल २०, शिखर धवन ३ रनमा आउट भएका थिए । वेस्ट इन्डिजका लागि ओशाने थोमसले २ र फाबियन एलेनले १ विकेट लिए ।
भारतका क्रुनाल पांडया म्यान अफ द सिरिज भएका छन्।
भारतले पहिलो खेल ४ विकेट र दोस्रो खेल डकवर्थ लेविस नियमको आधारमा २२ रनले जितेको थियो । भारतले वेस्ट इन्डिजसँग थप ३ वटा एकदिवसीय र २ वटा टेष्ट म्याच खेल्ने छ । पहिलो एकदिवसीय खेल गुयाना स्थित प्रोभिडेन्स स्टेडियमा बिहीबार हुने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस