एजेन्सी- उरुग्वे तथा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व फरवार्ड डियगो फोर्लानले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
४० वर्षिय फोर्लानले बुधबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
‘यो त्यस्तै सहज छैन । म यो समय आएको चाहन्न । तर, मलाई थाहा छ यो समय आएको छ,’ फोर्लानले सन्यास घोषणा गर्दै भने, ‘मैले व्यवसायिक फुटबल रोक्ने निर्णय गरेको छु ।’
फोर्लानले अन्तराष्ट्रिय फुटबलबाट भने सन् २०१४ को विश्वकपपछि सन्यास घोषणा गरेका थिए । फोर्लानले उरुग्वेबाट ११२ खेलमा ३६ गोल गरेका थिए ।
फोर्लानले सन् २००२ बाट २००४ सम्म युनाईटेडबाट ६३ खेलबाट १० गोल गरेका थिए । त्यसपछि भिया रियल गएका फोर्लानले त्यहाँ १०६ खेल खेलेका थिए ।
फोर्लानले सन् २००७ देखि ११ सम्म एट्लेटिको मड्रिडबाट खेलेका थिए । जहाँ १३४ खेलमा ७४ गोल गरेका थिए ।
पछिल्लो समय फोर्लानले गत सिजन हङकङको क्लब किट्चीबाट खेलेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस