काठमाडौं-अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडी परेका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका हुन् । नयाँ वरियतामा कप्तान पारस खड्का, बलर बसन्त रेग्मी र अलराउन्डर सोमपाल कामी परेका छन् ।
नयाँ वरियताको टि – २० अलराउण्डरतर्फ कप्तान पारस २५ औं र सोमपाल कामि ६६ औं स्थानमा रहेका छन् ।
कप्तान पारस अलराउण्डरमा अफगानिस्तानका रशिद खान, भारतका हार्दिक पाण्डया, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेष्ट इण्डिजका आन्द्रे रसेल, इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् । वेष्ट इण्डिजका जेसन होल्डर टेस्ट अलराउण्डरमा पहिलो , बंगलादेशका साकिब अल हसन एक दिवसिय अलराउण्डरमा पहिलो र अस्ट्रेलियाका ग्लेन म्याक्सवेल टि – २० अलराउण्डरमा पहिलो रहेका छन्।
टि – २० ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम पहिलो दोस्रोमा न्युजिल्यान्डका कोलिन मुन्रो र तेस्रोमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । हालसम्मकै उच्च वरियतामा उक्लिएका नेपालका पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन् ।
टि – २० बलिङतर्फ अफगानिस्तानका रशिद खान पहिलो पाकिस्तानका इमाद वासिम र शदाब खान दोस्रो र तेस्रो नम्बरमा छन् । नेपालका बसन्त रेग्मी ७१ औं र सोमपाल कामी ७८ औं स्थानमा रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस