काठमाडौं-नेपाली महिला राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली खेलकुद (साग) को तयारीस्वरुप किर्गिस्तानमा हुने नादेझ्दा कप फुटबल प्रतियोगितामा सहभागिता हुने भएको छ ।
भदौ २२ देखि २६ गते सम्म आयोजना हुने नादेझ्दा कप प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै ताजिकिस्तान र उज्बेकिस्तानले पनि सहभागिता जनाउने छन् । नेपालले पछिल्लो केहि सातायता दक्षिण एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक हरि खड्काले ४२ खेलाडी समेट्दै प्रशिक्षण गराइरहेका छन् ।
नेपालले पहिलो खेल आयोजक किर्गिस्तानसँग भदौ २२ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । २३ गते दोस्रो खेलमा उज्वेकिस्तानको सामना गर्ने नेपालले भदौ २४ गते ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । २५ गते बिश्राम हुनेछ। तेस्रो स्थान र फाइनल खेल भदौ २६ गते हुनेछ ।
यसअघिको तीनै संस्करणको साफ च्याम्पियनसिप फाइनल खेलेको नेपालले उपाधि जित्न सकेको छैन । १३ औं साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गते सम्म आयोजना गर्ने तय भएको छ । १३ औं सागमा नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस