काठमाण्डौ-टर्कीको इस्तानबुलस्थित भोडाफोन एरिना स्टेडियममा भएको युइएफए सुपर कपको फाईनलमा दुई ईङलिश क्लब लिभरपुल र चेल्सी बिच भएको उपाधि भिडन्तमा चेल्सीलाई ट्राईबेकरमा ५-४ ले पराजित गर्दै लिभरपुलले छैटोपटक ऊपाधि जितेको छ।
चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा ओलिभिएर जिरुडको गोलबाट अग्रता १-० को लिएको थियो । दोस्रो हाफको ४८ औ मिनेटमा लिभरपुलका साडियो मानेले खेल १ -१ को बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो ।
थपिएको अतिरिक्त समयको ९५ औं मिनेटमा साडियो मानेले नै गोल गर्दै लिभरपुललाई अगाडी बढाए । १०१ औ मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पायो । लिभरपुलका गोलरक्षक एड्रीएनले चेल्सीका अब्राहमलाई डी बक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा मिडफिल्डर जोर्जिन्होले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
पेनाल्टी सुट आउटमा लिभरपूलका लागि रोबर्टो फिर्मिन्हो, फाबिन्हो, डिभोक ओरेगी, ट्रेन्ट अलेजेक्डर आर्नोल्ड र मोहम्मद सलाहले गोल गरे भने चेल्सीका लागि जोर्जिन्हो, रोस बाकर्ली, मासोन माउन्ट र इमर्सन ले गोल गरे भने एड्रीएनले प्रहार गरेको बल लिभरपुलका गोलरक्षक एड्रीएनले उकृष्ट बचाउ गरेर उपाधि दिलाए ।
लिभरपुल युइएफए च्याम्पियन्स लिगको विजेताका हैसियतले फाइनलमा खेलेको हो भने चेल्सी युरोपा लिगको च्याम्पियन भएर फाईनल खेल्न लागेको हो । चेल्सीले सुपर कपको उपाधि तीनपटक जितेको छ । लिभरपुलले पाच पटक जितेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस