काठमाण्डौ- वेस्टइन्डिजसँगको तीन वान डे सिरिजमा भ्रमणकारी टोली भारतले २-० ले जितेको छ । अन्तिम खेलमा डकवर्थ लेविस नियमको आधारमा ६ विकेटले पराजित गर्दै भारतले सिरिज २-० ले क्लिनस्वीप गरेको हो ।
टस जितेर वेस्ट इन्डिजले पहिला ब्याटिङ थालेको बेला २२ औ ओभरमा १ सय ५८ रन बनाउन २ विकेट गुमाएको अवस्थामा वर्षा सुरु भएपछि लामो समय वर्षा नरोकिँदा खेल ३५ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । भारतलाई २५५ रनको नयाँ लक्ष्य पाएको थियो।
वेस्ट इन्डिजका लागि ओपनर क्रिस गेल ४१ (७२) र इभिन लुईसले २९ (४३) रनको विश्फोटक इनिङ खेल्दै राम्रो सुरुवात दिलाएका थिए । गेल र लुईसले सुरुवाती पहिलो विकेटका लागि १०.५ ओभरमा ११५ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । विकेटकीपर शाई होप ५२(२४), शिमरोन हेटमार ३२(२५), निकोलस पुरन १६(३०), जेसन होल्डर २०(१४), कार्लोस ब्राथवेट १४(१६) रनमा आउट भए । फाबियन एलन ७(६) र किमो पाउल ० (०) रनमा नट आउट रहे । भारतका लागि मोहम्मद खलील अहमद ३, मोहम्मद शामी २, युजभेन्द्र चाहल र रविन्द्र जडेजाले समान १-१ विकेट लिए ।
वेस्ट इन्डिजले दिएको २५५ रनको लक्ष्य भारतले ३२.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भारतको जितमा कप्तान विराट कोहली ९९ (११४) र युवा खेलाडी केदार जाधवले १२ (१९) रनमा अविजित रहँदै जित पक्का गरे । । ओपनर रोहित शर्मा ६(१०), शिखर धवन ३६(३६) र ऋषभ पन्त १(०) डक आउट भए भने श्रेयस ऐरले ४१ (६५) रनको महत्वपूर्ण योगदान दिए । वेस्ट इन्डिजका लागि फाबियन एलन २ र केमर रोचले १ विकेट लिए ।
भारतका कप्तान विराट कोहली म्यान अफ द म्याच र म्यान अफ द सिरिज भए।
यस अघि भएको तीन टि – २० सिरिजमा भारतले ३-० ले क्लीनास्विप गरेको थियो। पहिलो वान डे खेल वर्षाको कारण रद्ध भएको थियो भने दोस्रो खेलमा भारतले डकवर्थ लेविस पद्दतीको आधारमा ५८ रनले विजयी भएको थियो । वेस्ट इन्डिज र भारतबीच थप दुई टेष्ट खेल हुने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस