काठमाण्डौ- विश्वमा ईङग्लिस प्रिमियर लिग पछिको सवाधिक हेरिने र रोमान्चक फुटबल लिग स्पेनिस ला लिगाको नयाँ सिजन २०१९/२० आजबाट सुरु हुदैछ । स्पेनिस ला लिगामा जम्मा बिस वटा क्लबहरूले सहभागिता जनाउदैछन । प्रत्येक क्लबले होम एण्ड अवे गरि आपसमा ३८ खेल खेल्नेछन। लिगमा सबैभन्दा बढी अंक जोड्न सफल हुन्छ त्यो क्लबले उपाधि जित्नेछ । लिगमा १ जितको ३ अंक, बराबरी खेल खेलेको १ / १ अंक र पराजित भएकोमा अंक पाउदैन ।
गत सिजनको लिग बिजेता बार्सिलोना हो । स्पेनिस ला लिगामा अंक तालिकाको पुछारमा रहने ३ वटा क्लबहरु दोस्रो डिभिजनमा घटुवा हुन्छन। दोस्रो डिभिजनका उकृष्ट ३ क्लबले बढुवा भई ला लिगामा प्रतिस्पर्धा गर्न पाउछन।
स्पेनिस ला लिगामा उकृष्ट चार स्थानमा हुने क्लबले युरोपियन च्यान्पियन्स लिग फुटबल प्रतियोगिता खेल्न पाउदा अंक तालिकाको पाँचौ , छैटौ र सातौ हुने क्लबले युरोपा लिगमा सहभागिता जनाउन पाउनेछन।
सिजनको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिको बिल्वाओ प्रतिस्पर्धा गर्नेछन् । बिल्वाओको मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयानुसार मध्यराती १२:४५ बजे सुरु हुनेछ ।
यसै सिजन स्पेनिस बि डिभिजनबाट बढुवा भएर आएका ओससुना , ग्रनाडा र मालोर्काले स्पेनिस ला लिगामा प्रतिस्पर्धा गर्नेछन। अघिल्लो सिजन ला लिगाबाट घटुवा भएका गिरोना, हुएस्का र रायो भालेकानो ले दोस्रो डिभिजन मा खेल्नेछन।
स्पेनिस ला लिगा रियल म्याड्रिडले सर्वाधिक ३३ पटक लिग उपाधि जितेको छ । बार्सिलोनाले २६ पटक , एथलेटिको म्याड्रिडले १०, एथलेटिक बिल्बाओले ८ पटक, भ्यालेन्सियाले ६ पटक, रियल सोसियाड्ले २ पटक र सेभिल्ला , रियल बेटिस र डिपोर्टिभो ला कोरुनाले १/१ पटक लिग उपाधि जितेका छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस