बार्सिलोनाविरुद्ध बाइसाइकल गोल प्रहार गर्दै एथलेटिक बिल्वाओका अरिट्ज अडुरिज (Photo : All football )
काठमाण्डौ-बार्सिलोनाले १० वर्षपछि स्पेनिस लिगको पहिलो खेलमा हार बेहोरेको छ। स्पेनिस ला लिगा अन्तर्गतको पहिलो उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना एथलेटिक बिल्वाओसँग १-० पराजित भएको छ।
खेलको पहिलो हाफको ३७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुइस सुआरेज चोट बोक्दै मैदान छाडेका थिए।पहिलो हाफ ०-० को बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा बिल्बाओकाे लागि सब्सिच्युत फरवार्ड अरिट्ज अडुरिजले ८९ औ मिनेटमा निर्णायक गोल गरे । ८८ औ मिनेटमा इनाकी विलियम्सको स्थानमा मैदान प्रवेश गरेको अडुरिजले पहिलो मिनेटमा नै गोल गरेका हुन् ।
यसै सिजन चेल्सीबाट बार्सिलोना आएका एन्टोइन ग्रिजमेन र अयाक्सबाट आएका फ्रान्की डे जोङले डेब्यु खेलमा जितबाट क्लबमा सुखद सुरुवात गर्न सकेनन् । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी र फिलिप्पे कौटिन्हो बिना उत्रिएकोले सिजनमा खराब सुरुवात गरेको छ ।बार्सिलोनाले दोस्रो खेलमा रियल बेतिस संग र एथलेटिक बिल्वाओले गत सिजनको पाँचौ स्थानमा भएको गेताफेसँग खेल्ने छ।
हार पछि निराश मुद्रामा बार्सिलोनाको खेलाडी (Photo : All football )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस