काठमाडौं – भारतमा आयोजना हुने पाचौं संस्करणको साफ यू–१५ फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य बनाएको छ ।
भारतको कल्याणीमा असोज पहिलो साताबाट सुरु हुने प्रतियोगिताको उपाधि जित्न नेपाली टोलीले तयारीलाई समेत तीव्रता दिएको छ । प्रतियोगिता असोज ४ बाट १४ सम्म कल्याणी रंगशालामा आयोजना हुनेछ ।
नेपालले हालसम्म यू-१५ को उपाधि जित्न सकेको छैन । घरेलु मैदानमा सम्पन्न गत संस्करणमा नेपाल चौथो भएको थियो । नेपाल सन् २०१३ र २०१७ मा दुई पटक उपविजेता बनेको थियो । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउन चाहन्छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेपालले साफ यू-१५ को उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको बताए ।
‘हाम्रो मुख्य लक्ष्य भनेकै उपाधि हो । हामी उपाधिका लागि खेल्छौं,’ खेलपाटीसँग कुरा गर्दै प्रशिक्षक श्रेष्ठले भने ।
उपाधि जित्ने लक्ष्य लिएको नेपाली युथ टिमले प्रदेश नम्बर १ को इटहरीमा तयारी गरिरहेको छ । भारतको कल्याणीको गर्मी मौसमसँग घुलमिल हुन नेपाली युथ टिमले गर्मी स्थान इटहरी रोजेको हो ।
‘कल्याणीमा उच्च तापक्रम छ । विगत २–३ दिन देखि पानी परिरहेको छ । तर, पनि प्रतियोगिता अगाडी के हुँन्छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘त्यसैले हामीले विगत एक हप्ताबाट इटहरीमा तयारी गरेका छौं । त्यहाँ हाम्रो मुख्य चुनौतीनै तापक्रम हुनेछ ।’ उनले भने ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
नेपालले आगामी बुधबार भारतको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।
नेपाली टिम सोमबार इटहरीबाटै भारत प्रस्थान गर्ने छन् ।
नेपाली टिम :
गोलरक्षक : ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी
डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा
मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी
स्ट्राइकर : क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस