पिएसजीबिरुद्ध गोल गरेपछि खुसियाली साट्दै रेनेसका खेलाडीहरु
काठमाण्डौ – फ्रान्सेली लिग वानको डिफेन्ङिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिगको दोस्रो चरणमा अप्रत्यासित हार बेहोरेको छ । रेनेसको घरेलु मैदानमा भएको खेलमा पीएसजी २–१ ले पराजित भएको हो ।
पीएसजीले सुरुवाती गोल गरेर बनेको अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो । भ्रमणकरी टोलीका लागि ३६ औं मिनेटमा एडिन्सन काभानीको गोलबाट पीएसजी खेलमा १-० ले अघि बढेको थियो । त्यसपछि ४४औं मिनेटमा एमबायले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
हारपछी निराश मुद्रामा पिएसजी कप्तान थियागो सिल्भा र एडिन्सन काभानी
दोस्रो हाफको ४८ औं मिनेटमा रोमेन डेल क्यास्टिलोले गोल गरेपछि रेनेसले खेलमा २–१ ले पकड बनाएको थियो । रेनेसभन्दा अधिकांस बल आफ्नो नियत्रण मा राखेको पीएसजीले दबाबमा राखेपनि त्यसपछि दुवै तर्फबाट थप गोल हुन् नसक्दा पीएसजीले अप्रत्यासित हार बेहोर्न पुगेको हो । यो नतिजा संगै रेनेस २ खेलमा २ जितका साथ ६ अंक बनाइ तेस्रो स्थानमा उक्लिएको छ भने पीएसजी २ खेलमा १ जित १ हार को नतिजाको साथ 3 अंक बनाइ आठौ स्थानमा पुगेको छ । लिगको तेस्रो चरणमा पीएसजीले तुलुसेसंग खेल्ने छ भने रेनेसले स्ट्रासबर्गसंग खेल्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस