काठमाडौं-आजबाट शुरु भएको पाँचौं संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा समुह (ए) मा भएको आयोजक नेपाल किर्गिस्तान संग पराजित भएको छ । नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो।
लगनखेलस्थित नेपाल आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा भएको दोस्रो खेलमा नेपाल पहिलो सेटमा २५-२३ ले र दोस्रो सेटमा २५-२२ र अन्तिम सेटमा २५-२२ को सेटमा पराजित भएको हो। यो हारले नेपाललाई सेमिफाइनल पुग्न बुधबार हुने माल्दिभ्स संगको खेलमा जित निकाल्नु पर्ने हुन्छ। यो जित संगै किर्गिस्तान सेमिफाइनलको यात्रा सहज भएको छ।
तुर्केमिनिस्तान बिरुद्ध अफगानिस्तान
पहिलो उद्घाटन खेलमा समुह (बि) मा रहेको उपाधि दावेदार तुर्केमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा तुर्केमिनिस्तान ३२–३० ले विजयी भएको थियो । दोस्रो सेटमा अफगानिस्तान २५–१६ ले विजयी हुदै खेलमा पुनरागमन थियो । तुर्केमिनिस्तानले त्यसपछिको तेस्रो सेट २७–२५ र चौथो सेट २६–२४ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
समुह (बि) मा रहेको तुर्केमिनिस्तानले उज्वेकिस्तानको मंगलबार सामना गर्नेछ भने सोहि दिन अफगानिस्तानले बंगलादेशसँग खेल्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस