काठमाण्डौ-ईङलिश प्रिमियर लिग फुटबलको दोस्रो चरणको खेलमा म्यानचेष्टर युनाईटेड र वोल्भरह्याम्प्टनले १-१ गोलको को बराबरी खेल्दै अंक बाँडेका छन् ।
वोल्भरको घरेलु मैदानमा भएको खेलमा २७ औ मिनेटमा एन्थोनी मार्सिएलको गोलबाट अग्रता बनाएको युनाईटेडले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो। ५५ औ मिनेटमा जाओ मौटिन्हो पासमा रुबेन नेभेशले गोल गर्दै वोल्भरलाई १-१ को बराबरीमा ल्याएका थिए । ६८ औ मिनेटमा रायन बेन्नेटले युनाईटेडका एन्थोनी मार्सिएललाइ डि बक्स भित्र लडाएपछि पाएको पेनाल्टीको अवसर खेल फाल्दा बराबरीको नतिजा भएको हो । पाउल पोग्वाको प्रहार वोल्भरका गोलरक्षक रुइ प्याट्रीसियोले गोल हुनबाट बचाएका थिए । ६५ प्रतिशत बल पोजिशनमा राखेपनि युनाइटेडले थप गोल गर्न सकेन।
पहिलो खेलमा चेल्सीसंग ४-० को जित निकालेको युनाईटेडको यो बराबरीसंगै ४ अंक बनाएर चौथो स्थानमा छ । वोल्भरले पहिलो खेलमा लेस्टर सिटीसंग ०-० को बराबरी खेलेको थियो यो दोस्रो बराबरी संगै २ अंकका साथ १३ औ स्थानमा छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस