काठमाडौं – नेपालमा आयोजना हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम वैदेशिक भ्रमणमा निस्कने भएका छन् ।
साग महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले साग अघि अभ्यास खेल खेल्ने नेपाली टोलीले टेष्ट राष्ट्रको भ्रमण गर्ने तयारी गरिरहेको जानकारी गराए ।
स्वर्ण पदक जित्ने लक्ष्य लिएको नेपाली टोलीले भारत, पाकिस्तान र बंगलादेश मध्ये एक राष्ट्रको भ्रमण गर्ने प्रशिक्षक टमटाले बताए ।
‘साग अघि टेष्ट राष्ट्रको भ्रमण गर्ने तालिका बनिरहेको छ । सबै तयारी पूर्ण भएपछी हामीले कम्तिमा १५ दिनको भ्रमण गर्ने छौं,’ टमटाले भने, ‘करिब ५ खेल खेल्ने गरि हामी त्यसतर्फ जाने छौं र त्यसको तयारी गरेका छौं ।’
यद्दपी नेपालले कुन राष्ट्र र कस्तो टिमसँग खेल्ने भन्नेबारे भने तय भएको छैन । नेपालमा पूर्ण तयारी सकिएपछि मात्र साग टिम अभ्यास खेल खेल्न त्यसतर्फ जाने छन् ।
प्रशिक्षक टमटाले टेष्ट राष्ट्रको भ्रमणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवाल समेत सकारात्मक रहेको बताए ।
‘क्रिकेट सम्बन्धित व्यक्ति भएकाले प्रस्ताब गर्ने बित्तिकै हुन्छ भन्नु भएको छ,’ टमटाले थपे, ‘उहाँको पहलमा नै महिला टोलीले पहिलो पटक ३ महिना अघि अभ्यास सुरु गर्न पाएको हो ।’
सागका लागि नेपाली महिला टोलीले गत बुधबारबाट कीर्तिपुरस्थित टियु मैदानमा तयारी सुरु गरिसकेको छ । पहिलो चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाईएको छ । नेपालले ३५ बाट दोस्रो चरणमा २५ र अन्तिममा १६ खेलाडीको छनोट गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस