काठमाण्डौ – श्रीलंकामा सेप्टेम्बर ५ देखी सुरु हुने एसीसी अण्डर-१९ एसियाकप क्रिकेटको लागि एसियाली क्रिकेट काउन्सील एसीसीले खेल तालिका सार्बजनिक गरेको छ। नेपालको समुहमा आयोजक देश श्रीलंका, युएइ र बंगलादेश रहेको छन । अर्को समुहमा साबिक बिजेता भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन। नेपालले सेप्टेम्बर ६ मा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा सेप्टेम्बर ८ मा बंगलादेशसंग र समुहचरणको अन्तिम खेलमा युएईसंग सेम्टेम्बर १० मा खेल्नेछ ।
१४ दिनसम्म हुने प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र सहित थप ३ एसोसिएट गरि ८ राष्ट्रले सहभागता जनाउने भएका छन्। समुह चरणमा प्रत्येक टिमले एक आपसमा १/१ खेल खेलीसकेपछि समुहको बिजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन । अघिल्लो सस्कंरणमा सेमिफाइनल पुगेको नेपालले भारतलाई समुह चरणमा पराजित गरेको थियो।
नेपालले गत महिना मलेसियामा भएको इस्टर्न रिजनको च्याम्पियन हुदै प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। प्रतियोगिताको तयारीका लागि नेपाली टोली २४ तारिख शनिबार आयोजना स्थल श्रीलंका जाने तय भएको छ। । त्यहाँ नेपालले ३ वटा अभ्यास खेल्ने खेल्ने तयारी छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस