काठमाडौं – नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाल माल्दिभ्सविरुद्ध तीनै सेटमा कमजोर देखिएको थियो ।
घरेलु कोर्टमा खराब प्रदर्शन गरेको नेपाललाई माल्दिभ्सले २५-२२, २५-२१ र २५-१४ को सेटमा पराजित गर्यो ।
माल्दिभ्ससँगको हारसँगै समूह ‘ए’ बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अंक जोड्न सकेन । अब नेपालले पाँचौ स्थानको लागि समूह ‘बी’ को तेस्रो हुने टोलीसंग खेल्नेछ ।
माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो । माल्दिभ्सले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेता उज्वेकिस्तानसँग खेल्नेछ ।
यस समूहबाट किर्गिस्तान २ खेलमा २ जितसहित ४ अंक जोडेर समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ ।
पहिलो खेलमा किर्गिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा किर्गिस्तानले माल्दिभ्सलाई हराएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस