काठमाडौ-नेपालको सुदुर पुर्बी जिल्ला ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फुटवल प्रतियोगिता २०७६ सुनसरीको एलाभेन एरोजले उपाधि ऊचालेको छ। सुनसरीको एलाभेन एरोज र रेडस्टार झापाबिच भएको निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि उपाधिको छिनोफानो ट्राईब्रेकरबाट लिईएकोमा सुनसरी ४–२ ले बिजयी बन्दै उपाधी हात पारेको हो। एलाभेन एरोजले पहिलोपटक उपाधी जितेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ६० औ मिनेटमा योगेश गुरुङको गोलबाट झापाले १-०को अग्रता बनाएको थियो । एरोजका लागि ७४ औ मिनेटमा बिदेशी खेलाडी यानिक ओवानाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।खेलको
अन्तिम १० मिनेट निकै प्रतिस्पर्धात्मक भएको खेलमा ८७ औ मिनेटमा मिलन राईले गोल गर्दै झापालाई २-१को अग्रता दिलाए। ८९ औ मिनेटमा मिनेटमा सुशान्त तामाङले गोल गर्दै एरोजलाई २-२ को बराबरीमा पुर्याएका थिए ।
पहिलो सेमिफाईनल खेलमा रेडहर्ष क्लव ईलामलाई २-० गोल अन्तरले हराउँदै एलाभेन एरोज सुनसरी फाईनलमा पुगेको हो। दाेस्राे सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको थियो ।खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी शुट आउटमा ४–३ गोलले पराजित गर्दै रेडस्टार फाइनलमा एलाभेन एरोज सुनसरी भेट पक्का गरेको हो।
प्रतियोगिताको बिजेता एलाभेन एरोज सुनसरीले नगद ३ लाख ११ हजार सहित कप, ट्रफि प्राप्त गरेको छ भने उपबिजेता भएको रेडस्टार फुटबल क्लब झापाले १ लाख ५१ हजार र ट्रफिमा चित्त बुझाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस