पोखरा-नेपाली फुटबलको ईतिहासमा पोखरेली खेलाडीहरुको नाम सायदै जोडिएको हुन्छ । विष्णु गुरुङ पनि नेपाली फुटबल जगतमा स्थापित एक नाम हो ।
तनहुँ बन्दिपुरका फुटबलर गुरुङले आप्mनो करियर पोखराको चर्चित सहारा एकेडेमी देखी औपचारिक सुरु गरेका थिए ।
करिब एक दशक फुटबल क्षेत्रमै बिताएका उनले ७ बर्ष रुस्लान थ्रिस्टारमै बिताए ।
बिभिन्न क्बलका उमेर समुहका खेलाडीहरुलाई प्रशिक्षण दिईसकेका उनी बिभिन्न प्रतियोगिता र क्लबका मुख्य प्रशिक्षकको रुपमा नियुत्त समेत भईसकेका छन । ‘खेल खेल्ने होईन, अब खेलाउने हो’ गुरुङ भन्छन । उनी पोखराको पुरानो क्लब सहारा क्लबमा एक बर्षका लागि मुख्य प्रशिक्षकका रुपमा नियुक्ति भए । त्यस्तै उनले नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल कमिटिले गत आइतबार विष्णुलाई जिम्मेवारी सुम्पेको थियो भने सहायक प्रशिक्षकका रुपमा गौरव बस्नेत नियुक्त भएका थिए ।
गुरुङले आप्mनो करियर प्रशिक्षक तर्फ मोडेको बताउदै पहिलो प्राथमिकता खेल खेलाउनेमै दिने बताए । आफु खेल्नमा रोक लागाउने बताउदै उनले गुणस्तरिय खेलाडी उत्पादनमा ध्यान दिने उल्लेख गरे ।
‘अबको दुई महिना क्याम्पको प्रशिक्षण मै ब्यस्त हुन्छु, उनले भने ‘मेरो प्लानिङ छ, खेलाडीहरुको कमजोरीपनलाई ब्यक्तिगत रुपमा हल गर्नुपर्ने हुन्छ । त्यसैले म अब नितान्त खेलाडीहरुसँगै रहन्छु ।’ उनले आगामी आईतबार देखी बन्द प्रशिक्षण शुरु हुने जानकारी दिए । उनका अनुसार पहिलो चरणको बन्द प्रशिक्षणमा ३७ सदस्यीय प्रारम्भिक टोली रहेको छ । उनले क्रमश ३०, २५, २० गर्दै आगामी २० गतेसम्म अन्तिम १४ सदस्यीय टिमको घोषणा गर्ने बताए ।
छनौट हुने उक्त टोलीले इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछ ।
सेन्ट्रल र साउथ जोन अन्र्तगत छनौटमा ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा नेपाल रहेको जानकारी दिदै नेपालले पहिलो खेल ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्ने बताए ।
फुटबल यात्रा
उमेरले भर्खर बत्तिस टेकेका बिष्णु गुरुङ १५ बर्षको रहदा सहारा एकेडेमीबाट औपचारिक प्रशिक्षण सुरु गरेका थिए । पछिल्लो समय उनी सहाराको प्रोडक्टको रुपमा मात्र परिचित छैनन् । पौरखी पोखरेली प्रशिक्षकको हकदार समेत बनेका छन ।
औपचारिक रुपमै सन्यास नलिएपनि उनले खेल खेल्नबाट भने बिट मार्ने तरखरमा छन् । बाँकि करियर प्रशिक्षणमै बिताउने लक्षय रहेको सुनाउछन् उनी ।
सहाराको प्रशिक्षणबाट खेलाडीको रुपमा उदाएका उनी सहारा क्लबबाटै डेब्यु गरे । जिल्ला, क्षेत्र हुदै उनी ए डिभिजन क्लबमा अनुबन्धित हुने मौका पाए । त्यसो त उनले बिदेशी मैदानमा समेत आफ्नो सानदार खेल प्रर्दशन गरिसकेका छन् ।
उनका अनुसार मंगोलियामा सम्पन्न एएफसी च्याम्पियनसिप, भुटानमा किङ्स कप, मलेसियामा एएफ्सी कपमा उनले थ्रिस्टारको प्रतिनिधित्व गर्दै खेलिसकेका छन ।
उनले नेपालमा हुने बिभिन्न तहका प्रतियोगितामा धेरै क्लबहरुबाट प्रतिनिधित्व गरेर उपाधि जिताईसकेका छन ।
सहाराको पहिलो ब्याचका खेलाडी विष्णु २०६३ सालमा थ्री स्टार क्लबमा आबद्ध भएका थिए । उनले पहिलो सिजनमा अवसर विरलै पाए ।
पहिलो पटक ‘ए’ डिभिजन क्लबमा जोडिएका उनले त्यस समय धेरै कुरा अनुभब बटुले । केही समयपछि नेपालको लिग बन्द भएपछि क्लबहरुले खेलाडी अनुबन्धन गरेनन् । विष्णु रोजगारीका लागि इराक हानिए ।
२ बर्ष पश्चात नेपालमा फेरी लिग सुरु भएको चाल पाएपछि फुटबलको नशा लागेको उनी नेपाल नफर्कीरहन सकेनन ।
नेपाल फर्किए र २०६६ सालको लिगमा उनी फेरी थ्री स्टारकै रोजाईमा परे । घरेलु फुटबलमा एकक्षत्र राज गरिरहेको पुलिसको अगाडि थ्रीस्टार उपबिजेता बन्यो ।
अर्को सिजनको लिगमा क्लबको प्रदर्शन झनै फितलो बन्दै टोलीको चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
तेस्रो पटकको लिगमा भने थ्रिस्टारले उपाधि उचाल्न सफल रह्यो । उक्त क्लबको समर्थक थपिदै गए सँगसँगै खेल पनि सुधार्दै लग्यो । त्यसपछि मोफसलका प्रतियोगिता र अन्य केहि अन्तराष्ट्रिय प्रतियोगितामा समेत थ्रीस्टार उपाधिको हकदार समेत बन्यो । यसरी गुरुङले ७ बर्ष सोही क्लबमै र १ बर्ष संकटामा बिताए ।
। विष्णुले पनि अन्य क्लबबाट केहि प्रतियोगिता खेले । तर उनले यस समयमा आफ्नो फुटबलप्रतिको लगावलाई प्रशिक्षक बन्दै पूरा गर्ने जमर्को गरे । ७३ सालमै उनले एएफसी ‘सी’ कोचिङ सर्टि्फिकेट कोर्ष लिए र उत्कृष्ट नतिजा ल्याए ।
कोर्ष गरेको केहि महिनामै उनले ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबको टोलीलाई प्रशिक्षण दिए ।
प्रशिक्षणमा राम्रो सम्भावना देखेपछि एएफसीले नै उनलाई चाडैं ‘बी’ लाइसेन्स गराउन एन्फालाई सिफारिस गर्यो । उनले त्यसैबर्ष ‘बी’ लाइसेन्स पनि राम्रो अंक ल्याएर पास गरे । सामान्यतया ‘सी’ कोर्ष गरेको २ वर्षपछि प्रशिक्षकको क्रियाकलाप हेरेर माथिल्लो स्तरको लागि सिफारिस गर्ने प्रावधान छ । फुटबलसँगै विष्णुले फुटसल प्रशिक्षक कोर्ष पनि गरिसकेका छन् । यसअघि नेपालको राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पनि बनेका उनी गत आईतबार मुख्य प्रशिक्षकमा नियुक्त भएका छन ।
अब उनी फेरी खेल खेल्ने पक्षमा छैनन । एकेडेमीका खेलाडीहरुलाई राष्ट्रिय टोलीसम्मको बाटो देखाउने पक्षमा उभिदै प्रशिक्षणमा करियर तताउन जाग्दैछन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस