आईसीसी वल्ड टेष्ट च्याम्पियनसिप अन्तरगत इंग्ल्यान्डले अष्ट्रेलियासगँको तेस्रो टेस्टमा रोमाञ्चक १ विकेटको जित हासिल गरेको छ। घरेेेेलु टोली इंग्ल्यान्डले तेस्रो टेस्टमा भ्रमणकारी टिम अष्ट्रेलियालाई हराउँदै एसेज श्रृङखला १-१ को बराबरीमा ल्याऊन सफल भएको छ । पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो टेस्ट बराबरि भएको थियो।
इंग्ल्यान्डको लिड्समा जारी टेस्टमा अष्ट्रेलियाले दिएको ३५९ रनको बिशाल लक्ष्य इंग्ल्यान्डले ९ विकेटको क्षतिमा भेट्टाएको हो ।
इंग्ल्यान्डले १५६-३ को स्थितिमा चौथो दिनको खेल गर्दा कप्तान जो रुट ७७ रन, जोनी बैयरस्टो ३६ रन, जोस बट्लर १ रन, क्रिस वोक्स १ रन, जोफ्रा आर्चर १५ रनको योगदान दिदाँ स्टुआर्ट ब्रोडले शून्य रनमा आऊट भए। वेन स्टोक्सले नटआउट १३५ रनको उत्कृष्ट पारी खेल्दै इंग्ल्यान्डलाई जिताएका हुन। अन्तिम विकेटका लागि ज्याक लिचसगँ ७६ रनको साझेदारी हुँदा लिचले नटआउट १ रनको योगदान दिएका थिए ।अष्ट्रेलियाका लागि जोस हेजलवुडले पहिलो इनिङमा ५ विकेट र दोस्रो इनिङमा ४ विकेट लिए । प्याट कुमिन्सले पहिलो इनिङमा ३ विकेट र दोस्रो इनिङमा १ विकेट लिए ।
अब यी दई देशबिच दुई टेस्ट खेल्न बाँकी छ । चौथो टेस्ट आगामी सेप्टेम्बर ४ को दिन म्यान्चेस्टरमा हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस