एजेन्सी – एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा प्रभावशाली जित निकालेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे ।
घरेलु मैदानमा डेब्यु खेलमा ग्रिजम्यान आफ्नो प्रभाव छाड्न सफल रहे । मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले मैदान नउत्रिएको खेलमा बार्सिलोनालाई ग्रिजम्यानले निराश बनाएनन् । उनी गत जुलाईमा १ सय ७ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए ।
नाबिल फिकिरले १५ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सूरुवाती अग्रता दिलाएका थिए ।
तर ग्रिजम्यानले ४१ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बार्सिलोनालाई अग्रता दिलाए ।
कार्लोस पेरेजले ५६ औ मिनेटमा बार्सिलोनाको अग्रता ३–१ को बनाए । जोर्डी अल्बाले ६० औ मिनेटमा बार्साका लागि चौथो गोल गरे ।
अतुर्रो भिडालले ७७ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाउन सफल भएको थिए । मोरोनले ७९ औ मिनेटमा एक गोल गर्दै पाहुना टोलीको हार अन्तर घटाउने काम गरे ।
स्पेनिस लिगको पहिलो खेलमा बिल्बाओविरुद्वको खेलमा ग्रिजम्यानले खासै राम्रो खेल्न सकेका थिएनन् । सोही कारण उनी दबाबमा समेत थिए ।
योसंगै बार्सिलोनाले स्पेनिस लिगमा पहिलो जित दर्ता गरेको छ । उसले २ खेलबाट ३ अंक जोड्दै तालिकाको नवौ स्थानमा उक्लिएको छ । रियल वेटिस अंक विहिन हुदै ताकिकाको पुछारमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस