काठमान्डाै- वल्ड टेष्ट च्याम्पियनसीप अन्तरगत वेष्ट ईण्डिजबिरुद्धको पहिलो टेष्टमा भारतले शानदार जित हासिल गरेको छ । नर्थ साउण्डमा ,भएको खेलमा ३१८ रनको जित निकाल्दै भारतले च्याम्पियनसिपमा सुखद सुरुवात गरेको हो । भारतले दिएको ४१९ रनको बिशाल लक्ष्य पछ्याएको घरेलु टोली मात्र १०० रनमा समेटिएपछि भारतले शानदार जित निकाल्न सफल बन्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत पहिलो पारीमा २९७ रन बनाएको थियो । भारतका लागि लोकेश राहुलले ४४ रन, मायाँक अग्रवाल ५, चेतेस्वर पुजारा २, कप्तान विराट कोहली ९, अजिन्क्या रहानेले ८१, हनुमान बिहारी ३२, ऋषभ पन्त २४, रविन्द्र जडेजाले ५८, इशान्त शर्माले १९, मोहम्मद सामीले ० र जसप्रित बुमराहले ४ रन बनाए। वेष्ट इन्डिजका लागि केमर रोचले ४ विकेट, शानोन गाब्रियलले ३, रोस्टोन चेजले २ र जेसन होल्डरले १ विकेट लिएका थिए ।
जवाफमा वेष्ट इन्डिज पहिलो पारीमा मात्र २२२ रनमा अलआउट भयो । वेष्ट इन्डिजका लागि रोस्टोन चेसले सर्वाधिक ४८ रन बनाए भने कप्तान जेसोन होल्डरले ३९ रनको योगदान गरे भने अन्य ब्याट्सम्यानले खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन । बलिङमा भारतका लागि इशान्त शर्माले ५ विकेट लिए भने मोहम्मद सामी र रविन्द्र जडेजाले समान २/२ लिए भने जसप्रित बुमराहले १ विकेट लिए ।
पहिलो पारीमा ७५ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा ३४३ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका लागि लोकेश राहुलले ३८ रन, मायाँक अग्रवाल १६, चेतेस्वर पुजारा २५, कप्तान विराट कोहली ५१, अजिन्क्या रहानेले १०२, हनुमान बिहारी ९३, ऋषभ पन्त ७, रविन्द्र जडेजा १ रनमा नटआउट रहे। वेष्ट इन्डिजका लागि दोस्रो पारीमा रोस्टोन चेजले ४ विकेट, शानोन गाब्रियलले १, केमर रोच र जेसन होल्डरले समान १/१ विकेट लिएका थिए । दोस्रो पारीमा भारतको उत्कृष्ट ब्याटिङका कारण वेष्ट इन्डिजले ४१९ रनको बिशाल लक्ष्य पाएको थियो ।
तर दोस्रो पारीमा घरेलु टोली वेष्ट इन्डिज मात्र १०० रनमा अलआउट भयो । वेष्ट ईण्डिजका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । केमर रोचले सर्वाधिक ३८ रन बनाउनु बाहेक अरु कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । क्राइग ब्राथवाइट १, जोन क्याम्पवेल ७, शामारह ब्रूक्स २, ड्वेने ब्राभो २, शिम्रोन हेट्मेयर १, रोस्टोन चेजले १२, शाइ होप २, कप्तान जेसन होल्डरले ८, शानोन गाब्रियलले शुन्य र मिगुइल कुमिन्सले १९ रन बनाए। वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्न जसप्रित बुम्राहले ५ इशान्त शर्माले ३ र मोहम्मद सामीले २ विकेट लिए ।
यसै टेस्टबाट वेष्टईण्डिज लागि शामारह ब्रूक्सले टेस्ट खेलमा डेब्यु गरे भने दुवै पारीमा उकृष्ट ब्याटिंग गरेका अजिन्क्या रहाने प्लेयर अफ सिरिज भए। भारत र वेष्टईण्डिजबिचको दोस्रो टेष्ट आगामी शुक्रबार किङगस्टोनमा सुरु हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस