काठमान्डौ- भारतको पश्चिम बङ्गालको नाडिया जिल्ला स्थित कल्याणीमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल अन्तर्गत बंगलादेशको सामना गर्दैछ । प्रतियोगितामा नेपालसहित भारत , बंगलादेश , श्रीलंका र भुटान गरि दक्षिण एसियाका ५ राष्ट्र सहभागी रहेका छन् ।
आज हुने पहिलो खेल आयोजक भारत र श्रीलंका बीच १२ :०० बजे हुनेछ। दोस्रो खेल नेपालले बंगलादेशसंग नेपाली समय अनुसार दिउसो ३:१५ बजे खेल्नेछ खेलमा दुबै टोलि स्पष्ट जितको खोजीमा छन ।
फाइनल पुग्न नेपालले आज बंगलादेशलाइ हराउनै पर्ने छ। नेपालले पहिलो खेलमा आयोजक भारतसँग ५-० को अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलकालाई नेपालले २-० ले पराजित गरेको थियो ।बंगलादेशले भुटानलाई ५-२ ले र श्रीलंकालाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले २ खेलमा १ जित १ हारसँगै ३ अंक जोडेकाे छ भने बंगलादेशले २ खेलमा २ जितसँगै ६ अंक जोडेकाे छ।
आज हुने पहिलो खेल आयोजक भारत र श्रीलंका बीच १२ :०० बजे हुनेछ। दोस्रो खेल नेपालले बंगलादेशसंग नेपाली समय अनुसार दिउसो ३:१५ बजे खेल्नेछ खेलमा दुबै टोलि स्पष्ट जितको खोजीमा छन ।
समुहको अन्तिम खेल बिहिबार नेपालले भुटानको सामना गर्नेछ भने बंगलादेशले आयोजक भारतसंग खेल्नेछ ।राउण्ड रोविनको आधारमा संचालन भईरहेको प्रतियोगिताको अंकतालिकाको शिर्षस्थान हुने दुई टिमले फाइनल खेल्नेछन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस