काठमाडाैं-प्रगतिशील युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन आयोजना गर्दै संस्थाले स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ सम्म ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता गराउन लागेको जानकारी दिएको थियो ।
सामाजिक कार्यसँगै खेलकुदमा पनि सक्रिय रहने उद्देश्यसहित स्थापित प्रगतिशल युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीमा नया उर्जा थप्न भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार रहेपनि उल्लेख्य सफलता हासिल गर्न नसकिरहेको अवस्थामा नयाँ उर्जाका साथ भलिबलको विकासमा तत्परता देखाउन संस्थाले प्रतियोगिता आयोजना गरेको उनले बताए ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यो पुरुष भलिबलमा दिन लागिएको सर्वाधिक पुरस्कार राशी हो । यसैगरी दोस्रोे हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही १०–१० हजार रुपैयाँ दिइने संस्थाका महासचिव सुनिल थापा मगरले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस