काठमाण्डौ-भारतको पश्चिम बङगाल स्थित कल्याणीमा जारी साफ च्याम्पियनसिप अण्डर १५ मा महत्वपुर्ण दुई खेल हुदैछन् । समुहचरणको अन्तिम खेलमा नेपाल र भुटान तथा भारत र बंगलादेश एक आपसमा प्रतिस्पर्धा गर्देछन।
नेपाली समय अनुसार दिउसो ११ : ४५ बजे हुने खेलमा भुटानलाई पराजित गरे नेपाल फाइनल पुग्नेछ । तर दिउसो २:४५ बजे हुने खेलमा भारतले बंगलादेशलाई हराए वा बराबरीको नतिजामा खेल सकिए नेपाल फाईनल पुग्नेछ । यदि बंगलादेशको जितले भने नेपाललाई फाईनल पुग्न गार्हो हुनेछ । फाईनलमा पुग्न बंगलादेशले भारतबिरुद्ध कम्तिमा पनि ४-० को फराकिलो अन्तरको जित निकाले मात्र उसको संभावना जिवित रहन्छ ।
नेपाल पहिलो खेलमा आयोजक भारतसंग ५–० ले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई २–० ले तथा तेस्रो खेलमा डिफेण्डिङ च्याम्पियन बंगलादेशलाई ४–१ ले हराउदै फाइनल प्रबेशको संभावना बलियो बनाएको छ । भुटानले पहिलो खेलमा ३-२ ले श्रिलंकासगं पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसगं ५-२ र तेस्रो खेलमा आयोजक भारतसगं ७-० गोलले पराजित भएको छ।
सुरुवाती ३ खेलमा शत प्रतिशत नतिजा निकाल्दै भारत यसअघि नै फाइनल पुगीसकेको छ ।अंकबिहिन रुपमा तालिकाको पुछारमा रहेको भुटान समुहचरणबाटै बाहिरी सकेको छ ।
प्रतियोगितामा आयोजक राष्ट्र भारत, नेपाल, भुटान, बङगलादेश र श्रिलका गरि ५ राष्ट्र सहभागी छन् भने माल्दिभ्स र पाकिस्तान सहभागी भएका छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस