काठमाडौं- युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले दिने ‘युइएफए द बेस्ट प्लेयर’२०१९ अवार्डको घोषणा आज राति फ्रान्सको मोनाकोमा एक कार्यक्रमबीच हुँदैछ । युइएफए द बेस्ट प्लेयर अफ् द इयर’ अवार्ड व्यक्तिगत बिधाका वर्षको ऊकृष्ट पुरुष खेलाडी, महिला खेलाडी, पुरुष प्रशिक्षक महिला प्रशिक्षकको घोषणा आज हुँदैछ ।
यसपटक पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीका लागि इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका भर्जिल भान डाइक र स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लियोनल मेस्सी र टप–३ मा परेका छन् । महिलातर्फ वर्षको उत्कृष्ट खेलाडीका लागि इंग्ल्याण्डकि ओलम्पिक लायोन क्लबबाट लुसी ब्रोञ्ज, नर्वेकी लायोन क्लबबाट अडा हेगेर्बेर्ग, फ्रान्सकी लायोन क्लबबाट अमादिन हेनरी टप–३ मा परेका छन् ।
यसपटक पुरुषतर्फ वर्षको उत्कृष्ट गोलरक्षकका लागि अलिसान बेकर (लिभरपूल) ह्युगो लोरिस (टोटेन्ह्याम हट्स्पर ) र मार्क आन्द्रे टेर स्टेगन ( बार्सिलोना) उत्कृष्ट डिफेन्डरका लागि ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड (लिभरपूल) भर्जिल भान डाइक (लिभरपूल) र म्याथिज डे लिग्ट (अज्याक्स) उत्कृष्ट मिडफिल्डरका लागि फ्रान्की डी जोङ्ग (अज्याक्स) क्रिस्टियन एरिक्सन (टोटेन्ह्याम हट्स्पर ) जोर्डन हेन्डरसन (लिभरपूल) उत्कृष्ट फरवार्डका लागि सडियो माने (लिभरपूल) लियोनल मेस्सी (बार्सिलोना) क्रिस्टियानो रोनाल्डो (जुभेन्टस) र युरोपा लिग प्लेयर अफ द सिजनका लागि ओलिभर जिराउड (चेल्सी) एडेन हाजार्ड (चेल्सी हाल रियल म्याड्रिड) लुका जोभिक (इन्ट्राक्ट फ्रान्कफर्ट) रहेका छन्।
सोही कार्यक्रम दौरान च्याम्पियन्स लिग सिजन २०१९–२० अन्तर्गत समूह चरणको खेलतालिका सार्वजानिक गरिदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस