काठमाण्डौ-भारतको पश्चिम बङगाल स्थित कल्याणीमा जारी साफ च्याम्पियनसिप अण्डर-१५ मा समुहचरणको अन्तिम खेलको पहिलो खेलमा नेपालले भुटानलाई ५-० को फराकिलो अन्तरले हराएको छ।
नेपाल भन्दा तुलनात्मक रुपमा कमजोर भुटान विरुद्ध खेल सुरु भएको ५ औ मिनेटमा प्रदिप लम्सालले गोल गर्दै १-० को अग्रता दिलाएका हुन्। ९ औ मिनेटमा निराजन खत्रीले अर्को गोल गर्दै २-० को सहज अग्रता बनाएको थियो । दोस्रो हाफको ४८ औ मिनेटमा प्रदिप लम्सालले ब्यतिगत दोस्रो गोल गर्दै ३- ० ले बढाएका थिए। ७५ औ मिनेटमा असिम राई र ८५ औ मिनेटमा क्रिश सापकोटाले गोल गरेपछि ५-० को फराकिलो जित निकालेको हो ।
यसअघिका अन्डर १६ को रुपमा आयोजना भैरहेको भए पनि हाल अन्डर-१५ को रुपमा प्रतियोगिता संचालन भएको हो। नेपालले सबै पांच संस्करणमा भाग लिएको भए पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०१३ र २०१७ मा फाइनल पुगेर उपविजेता भएको नेपालले अहिले सम्म उपाधि जितेको छैन। भारत र बंगलादेशले अहिले सम्म समान दुई पटक उपाधि जितिसकेका छन् भने पाकिस्तानले १ पटक उपाधि जितेको छ।
दोस्रो खेल दिऊसो २:४५ बजे भारत र बंगलादेश प्रतिस्पर्धा गर्देछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस