काठमाडाैं-लिगचरणको अन्तिम खेलमा भुटानलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले यु–१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्सालले दुई गोल गरे भने अशिम राई, सुगम जिमी, क्रिस सापकोटा र निराजन खत्रीले एक–एक गोल गरेका थिए ।
तर, नेपाललाई फाइनलमा स्थान पक्का गर्न आफ्नो जितमात्र पर्याप्त थिएन । भारत र बंगलादेशबिचको खेलको नतिजा पनि कुर्नुपर्ने थियो । अंकतालिकाको तेस्रो स्थानमा रहेको बंगलादेशलाई भारतले ४–० ले पराजित गरेपछि नेपालले फाइनल खेल्ने पक्का भएको हो ।
अब नेपालले उपाधिका लागि भारतको सामना गर्नेछ । भारतविरुद्धको लिग चरणको खेलमा नेपालको प्रदर्शन विर्सनलायक थियो । पहिलो खेलमै भारतको सामना गरेको नेपालले ५–० को लज्जास्पद हार बेहोरेको थियो । तर, त्यसपछि नेपालले क्रमश लय समात्दै गएको छ । त्यसैले फाइनलमा भारतलाई जित निकाल्न त्यति सहज भने हुने छैन ।
पहिलो हारपछि लगातार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । नेपालका खेलाडी पहिलो खेलको बदला फाइनलमा लिने दाउमा रहेका छन् । तर, प्रतियोगिताभर अपराजित रहेको भारतलाई पराजित गर्न त्यति सहज भने हुने छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस