काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डो भन्दा इंग्लिस क्लब लिभरपुलका भर्जिल भ्यान डाइक उत्कृष्ट ठहरिएका छन्। डाइकले यस वर्षको युइएफए वर्ष खेलाडीको अवार्ड जितेले उनीहरू दुबै फुटबल स्टारलाई पछि पारेका हुन्। डाइकले डिफेन्डर अफ दि इयरको उपाधि समेत हात पारे।
युइएफए वर्ष खेलाडी अवार्डमा डिफेन्डरले उपाधि पाएको यो पहिलोपटक हो।
भ्यान डाइक डिफेन्डरको भूमिकामा मात्र होइन, गोल स्कोररमा पनि राम्रो देखिएका छन्। उनले गएको सिजन लिभरपुलबाट ५० र नेदरल्याण्ड्सबाट ९ गरेर ५९ खेल खेलेका थिए। जसमा उनले ९ गोल पनि गरे। चार गोलका लागि अवसर मिलाएर समेत उनले आफूलाई अब्बल देखाएका थिए।
लिभरपुलका लागि ४ हजार ४ सय ६५ मिनेट मैदानमा रहेका उनले आफू दुई खेलाडीमा बलका लागि संघर्ष हुँदा ७० प्रतिशत समय बलमा नियन्त्रण बनाएका छन्।
विश्व फुटबलमा उत्कृष्ट खेलाडीको चयन हुँदा युइएफए वर्ष खेलाडी, फिफा उत्कृष्ट वर्ष खेलाडी, बालोन डिओर जस्ता अवार्डमा गएको दशकदेखि नै मेस्सी र रोनाल्डो छाइरहेका थिए।
युइएफए वर्ष खेलाडीमा यस वर्ष भ्यान डाइक र गएको वर्ष स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोडरिकले अवार्ड जितेपछि मेस्सी र रोनाल्डोको दबादबा कम भएको छ।
२०११ मा लियोनल मेस्सीले जितेको अवार्ड २०१२ मा आन्द्रेस इनिस्टाले जितेका थिए। २०१३ मा फ्रान्क रिबेरी, २०१४ मा क्रिष्टियानो रोनाल्डो, २०१५ मा मेस्सी, २०१६ मा र २०१७ मा रोनाल्डो साथै २०१८ मा लुका मोडरिकले जितेका थिए।
युइएफए वर्ष खेलाडीको अवार्ड जितेपछि अब फिफा उत्कृष्ट खेलाडी र बालोन डि’ओर जस्ता अवार्डमा पनि भ्यान डाइकको प्रभाव बढ्ने फुटबल विश्लेषकहरुले बताइरहेका छन्।
यस्तै, मेस्सीले फरवार्ड अफ दि इएर, फ्रान्की डि योङले मिडफिल्डर अफ दि इएर र एलिसन बेकरले गोलकिपर अफ दि इएरको उपाधि जितेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस