नेपाल राष्ट्रिय युथ-१५ टोली
काठमाण्डौ- भारतको पश्चिम बङगालको कल्याणीमा चलिरहेको साफ अण्डर-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि आयोजक देश भारतले जितेको छ। फाइनल खेलमा भारतले नेपाललाई ७-० को फराकिलो अन्तरले हराउँदै तेस्रोपटक उपाधि जितेको हो।
भारत राष्ट्रिय युथ-१५ टोली
नेपालले लज्जास्पद हार बेहोर्ने क्रममा खेलको पहिलो हाफको १५ औ मिनेटमा महेशनले गोल गर्दै १-० को अग्रता बनाएको थियो। औ मिनेटमा गोल टाईसनले गर्दै २-० ले अघि बढाए । अतिरिक्त समयको ४८ औ मिनेटमा शिवजित सिङ गोल गर्दै पहिलो हाफ अगावै ३-० को सहज अग्रता बनाएको थियो। नेपालले पहिलो हाफमा खासै गतिलो प्रदर्शन गर्न सकेन।
खेलको दोस्रो हाफमा झनै खराब प्रदर्शन गरेको नेपालले ५२ औ मिनेटमा टाईसनले गोल गर्दै ४-० को अग्रता बनाएको थियो। ६५ औ मिनेटमा गोल हिमेशले गर्दै ५-० ले अघि बढाए । त्यसैगरी सिद्दार्थले ७६ र ८० औ मिनेटमा गोल गर्दै ७-० को फराकिलो जित निकालेको हो।
भुुुुटान राष्ट्रिय युथ-१५ टोली
दक्षिण एसियाका सार्क राष्ट्र सहभागी हुने प्रतियोगितामा ५ राष्ट्र सहभागी छन।आयोजक राष्ट्र भारत, नेपाल, भुटान, बङगलादेश र श्रिलका गरि ५ राष्ट्र सहभागी छन् भने माल्दिभ्स र पाकिस्तान सहभागी भएका छैनन् । प्रतियोगिताको उद्घाटन खेलमा भारतसंग ५–० को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा श्रीलंकालाई २–० ले तथा तेस्रो खेलमा डिफेण्डिङ च्याम्पियन बंगलादेशलाई ४–१ ले र अन्तिम खेलमा भुटानलाई ६-० ले हराउदै फाइनल प्रबेश गरेको हो।
श्रिलकां राष्ट्रिय युथ-१५ टोली
प्रतियोगितामा भारत शत प्रतिशत नतिजा निकाल्दै फाइनल पुगेको हो । भारतले उद्घाटन खेलमा नेपाललाई ५-० ले, दोस्रो खेलमा भुटानलाई ७-० ले, तेस्रो खेलमा श्रीलंकालाई ५-० ले र अन्तिम खेलमा बंगलादेशलाई ४-० ले हराएको थियो।
बंगलादेश राष्ट्रिय युथ-१५ टोली
जारी प्रतियोगितामा भारतले विपक्षीको पोष्टमा २८ गोल गर्दा कुनै पनि गोल खाएन ।नेपालले भने बिपक्षीको पोष्टमा १२ गोल गरेको छ भने ६ गोल खायो ।
यसपटको ऊपाधि जिते सँगै भारतले सर्वाधिक ३ पटक साफ च्याम्पियनसिप युथ-१५ को ऊपाधि जितेको छ। बंगलादेशले २ पटक उपाधि जितेको छ भने पाकिस्तानले १ पटक उपाधि जितेको छ। नेपाल ३ पटक फाईनल पुगेपनि उपाधि जित्न असफल भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस