एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले बर्नलीमाथि ३–० को जित निकाल्यो ।
लिभरपुलको जितमा सादियो माने र रोबर्टो फिर्मिनोले एक एक गोल गरे भने बर्नलीका क्रिस उडले आत्माघाति गोल गरेका थिए ।
प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ४–० ले हरायो । सिटीको जितमा सर्जियो अगुएरोले दुई गोल गरे भने केभिन डे ब्रायन र डेभिड सिल्भाले एक एक गोल गरे ।
गएराति चेल्सी र म्यान्चेस्टर युनाईटेडले भने आ–आफ्ना खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्पटनले १–१ गोलको बराबरीमा रोक्यो । यस्तै चेल्सी पहिलो हाफमै २–० ले अघि रहेर पनि त्यसलाई जोगाउन सकेन । चेल्सीका लागि ट्यामी अब्राहमले २ गोल गर्दै पहिलो हाफमै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा शेफिल्डका लागि रोबिन्सनले गोल गरे भने चेल्सीकै कर्ट जुमाले आत्मघाती गोल गरेका थिए ।
यस्तै लेष्टर सिटीले बर्नमाउथलाई ३–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले नर्विच सिटीमाथि २–० को जित निकाल्यो ।
त्यसैगरी क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई १–० ले पराजित गर्दा न्युकासल युनाईटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस