काठमाडौं-विश्व कप २०२२ एसियाली छनोटको पहिलो खेल खेल्न नेपालको राष्ट्रिय पुरुष फुटबल टोली आज कुवेत प्रस्थान गरेको छ। नेपालले यहि भदौ १९ गते कुवेतको जावेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा १९:४५ बजे कुवेतसगँ अवे खेल खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। विश्व कप फुटबलको एसियाली दोस्रो चरणमा नेपाल सम्मिलित समुह `बि´मा एसियाली फुटवलको पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताईपेइ रहेका छन्। समुहको शिर्षस्थानमा रहने टोलीले सन् २०२२ को विश्व कपमा सहभागिता जनाउन पाऊनेछ भने उकृष्ट दोस्रो हुने देशले सन् २०२३ को चिनमा हुने एएफसी एशियन कप फुटवल प्रतियोगितामा खेल्ने अवसर पाउनेछ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई कार्यक्रम
नेपालका लागि विश्व कपमा सहभागीता भईसकेको अष्ट्रेलिया नौलो र अहिलेसम्म कै कठिन प्रतिद्वन्द्वी हो भने समुहका अन्य देशहरुसगँ खेल उसैको भुमिमा दुईवटा मैत्रीपुर्ण खेल खेलेको थियो। एक खेलमा ०-० को बराबरी खेलेको नेपालले अर्को खेलमा १-० को हार बेहोरेको थियो।
विश्व कप २०२२ एसियाली छनोटको समुुह तालिका
यसअघि पनि नेपालले विश्व कप छनोटमा सहभागीता जनाएपनि पहिलो चरण पार गर्न सकेको छैन।यसपटक नेपाल एसियाली फुटबलको ४० औ भित्र वरियतामा परेपछि सिधै दोस्रो चरणमा पुगेर खेल्न लागेको हो।
कुुवेेतको राष्ट्रिय पुरुष फुटबल टोली
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलेे खेेल्नेे खेेल तालिका
मैत्रीपूर्ण खेेेेलमा बलका लागि सघंर्ष गर्दै नेपाल र कुवेतका खेेेेलाडी
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली
गोलकिपर- किरण कुमार चेम्जोङ (कप्तान),विशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डर्स- दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल, सरोज दाहाल, अजित भण्डारी
मिडफिल्डर- रोहित चन्द, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, सुनिल बल, रवि पासवान, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड – विमल घर्तीमगर, नवयुग श्रेष्ठ,अभिषेक रिजाल
प्रशिक्षक- योहान कालिन
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस