पोखरा – पोखरामा जारी तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम नेपाल पुलिस क्लब र होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ ।
पोखराको लामाचौरमा आइतबार भएको दोस्रो सेमिफाइनलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा न्यू डायमण्डसँगको भेट पक्का गर्यो ।
श्रीरामविरुद्ध एकतर्फी खेल पस्किएको पुलिसले २५-४, २५-७ र २५-११ को सेटमा पराजित गर्यो ।
यसअघि चार पटकको च्याम्पियन न्यू डायमण्डले पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । न्यू डायमण्डले गण्डकीलाई २५-१८, २५-२० र २५-१९ को सेटमा हराएको थियो ।
फाइनल खेल सोमबार १ बजे हुनेछ । त्यसअघि गण्डकी र श्रीरामबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।
यसअघि समूह चरणको खेलमा पुलिसले न्यू डायमण्डलाई ३-२ को सेटमा हराएको थियो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख पाउने छन् । यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस