काठमाण्डौ-भारतले विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इण्डिजविरुद्धको टेष्ट सिरिज २-० ले जितेको छ । घरेलु टोलि वेष्ट इण्डिजको किङ्सटनस्थित सबिना पार्कमा भएको दोस्रो तथा अन्तिम टेष्टमा वेष्ट इण्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले दुई खेलको सिरिज २-० ले जितेको हो।भारतले दिएको ४६८ रनको बिशाल लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिज ५९ ओभर ५ बलमा अलआउट हुँदै २१० रनमा समेटियो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ४१६ रनको फराकिलो योगफल तयार गरेको थियो। भारतका लागि के एल राहुल २६(१३), मयंक अग्रवाल १२७(५५), चेतेस्वर पुजारा २५(६), कप्तान विराट कोहली १६३(७६), अजिन्का रहाने ५५(२४), हनुमा बिहारी २२५(१११), रिशाभ पन्त ६५(२७), रबिन्द्र जडेजा ६९(१६), इशान्त शर्मा ८०(५७), मोहम्मद शामी २(०) जस्प्रित बुम्राह ४(०) रन बनाएका थिए। भारतले ३१ रन अतिरिक्त रनको रुपमा पाएको थियो। वेष्ट इण्डिजका कप्तान जेसन होल्डरले सर्वाधिक ५ विकेट लिदा राह्किम कोर्नवालले ३ र केमर रोच र क्राइग ब्रेथवाइटले समान १/१ विकेट लिएका थिए।
वेष्ट इण्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ११७ रन मात्र बनाएको थियो । क्राइग ब्रेथवाइट ३८(१०), जोन क्याम्पवेल १६(२), डवेन ब्राभो ८(४) ,शामरोह ब्रुक्स १(०) रोस्टोन चेज १(0 शिम्रोन हेटमेयर ५७(३४) कप्तान जेसन होल्डरले ३८(१८) जहमार ह्यामिलटन ५९(५) राह्किम कोर्नवाल ३१(१४) केमर रोच ३१(१७) शानोन गाब्रिएल ३(०) रन बनाएका थिए। वेष्ट इण्डिजलाई सस्तैमा समेट्न जस्प्रित बुम्राह एक्लैले ६ विकेट लिए। मोहम्मद शामीले २ विकेट लिदा, रबिन्द्र जडेजा र इशान्त शर्माले १/१ विकेट लिए।
दोस्रो इनिङ्समा ४ विकेटको क्षतिमा १८६ रन जोड्दै भारतले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतका लागि के एल राहुल ६३(६), मयंक अग्रवाल १५(४), चेतेस्वर पुजारा ६६(२७), कप्तान विराट कोहली १(०), अजिन्का रहाने १०९(६४)
र हनुमा बिहारी ७६(५३) रन बनाएर अविजित रहँदै परि समाप्ति गरेका थिए। वेष्ट इण्डिजका केमर रोचले ३ विकेट लिए भने कप्तान जेसन होल्डरले १ विकेट लिएका थिए।
वेष्ट इण्डिजले ४६८ रनको बिशाल लक्ष्य पछ्याएको दोस्रो इनिंगमा ओपनर जोन क्याम्पवेल २६(१६) क्राइग ब्रेथवाइट ७(३) डवेन ब्राभो ४१(२३) शामरोह ब्रुक्स ११९(५०) रोस्टोन चेज ३६(१२) शिम्रों हेटमेयर ५(१) जर्मेइन ब्ल्याकवुड ७२(३८) कप्तान जेसन होल्डर ३५(३९) जहमार ह्यामिलटन २(०) राह्किम कोर्नवाल २(१) केमर रोच १४(५) शानोन गाब्रिएल १(०) रन बनाएका थिए। वेष्ट इण्डिजले २२ अतिरिक्त रन पाएको थियो। वेष्ट इण्डिजलाई सस्तैमा समेट्न मोहम्मद शामी र रबिन्द्र जडेजाले समान ३/३ विकेट लिए । इशान्त शर्माले २ विकेट लिए। जस्प्रित बुम्राहले १ विकेट लिए।
पहिलो इनिङ्समा १११ रन र दोस्रो इनिङ्समा अविजित ५३ रन बनाएका हनुमा बिहारी म्यान अफ द म्याच भए।
भारतले पहिलो टेष्टमा पनि वेष्ट इण्डिजलाई ३१८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यो जित भारतको विदेशी भूमिमा अहिलेसम्मकै सर्वाधिक ठुलो रन अन्तरको कीर्तिमानी जित हो ।
वेष्ट इण्डिजविरुद्धको दुई टेष्ट जितेसँगै कप्तान विराट कोहली भारतबाट सर्वाधिक टेष्ट जित्ने कप्तान बनेका छन् । कोहलीले कप्तानको रुपमा २८ टेष्ट जितेका छन् ।कोहलीले महेन्द्र सिंह धोनीको नाममा रहेको कीर्तिमान तोडेको हुन् । धोनीले कप्तानको रुपमा २७ टेष्ट जितेका छन् भने सौरभ गांगुलीले २१ टेष्ट जितेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस