काठमाण्डौ-ईङल्याण्डबिरुद्धको चौथो टेष्ट क्रिकेटमा पाहुना टोली अष्ट्रेलिया विजयी भएको छ। एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १८५ रनले हराएको छ। यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २-१ को अग्रता लिएको छ।
पहिलो इनिङसमा इंग्ल्यान्डका कप्तान जो रुट ७१ र रोय ब्रुन्सले ८१ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका जोश हेजलवुड ४, मिचेल स्टार्क र प्याट कमिन्सले समान ३/३ विकेट लिए। दोस्रो इनिङसमा स्मिथले ८२ रनको योगदान दिएपछि १८६-६ को अवस्थामा अष्ट्रेलियाले दोस्रो इनिङको समाप्ती गर्दै इंग्ल्यान्डलाई ३८३ रनको लक्ष्य दिएको थियो।
इंग्ल्यान्डले चौथो टेष्टको अन्तिम दिन ९१.३ ओभरमा १९७ रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो। इंग्ल्यान्डका लागि ओपनर जो डेनली ५३, जेसन रोय ३१, जोनी बेयरस्टो २५ र जस बटलर ३४ रनमा आउट भए। अष्ट्रेलियाको जितमा प्याट कमिन्सले ४,जोसन हेजलवुड र नाथन लायनले समान २ विकेट लिए। मिचेल स्टार्कले १ विकेट लिए।
स्टेभन स्मिथले २११ रन जोडेपछि अष्ट्रेलियाले पहिलो इनिङमा ४९७-८ मा इनिङ समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङमा इंग्ल्यान्ड ३०१ रनमा अलआउट भएपछि १९६ रनले पछि परेको थियो। खेलमा अष्ट्रेलियाका स्टेभन स्मिथ प्लेयर अफ दि म्याच घोषित भए ।
पहिलो खेलमा अष्ट्रेलिया विजयी हुँदा दोस्रो खेल बराबरी भएको थियो। त्यस्तै तेस्रो खेलमा इंग्ल्यान्डले जितेको थियो। अन्तिम तथा पाँचौ टेष्ट १२ सेप्टेम्बर बिहिबार देखी लण्डनमा सुरु हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस