काठमाडौं- नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमले पोखरामा अन्तिम तयारी गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार अन्तिम तयारीका लागि नेपाली टिमलाई पोखरा पठाएको छ । तयारीका लागि एन्फाले प्रारम्भिक चरणमा छनोट भएका २५ खेलाडी सहित ५ अफिसललाई पोखरा पठाएको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले गत शुक्रबार २५ खेलाडी छनोट गरेका थिए । पोखराको तयारीपछि प्रतियोगिताको लागि २३ खेलाडी छनोट गरिनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाली टिमले अबको २ हप्ता पोखरामा रहेर प्रशिक्षण गर्ने बताए ।
‘हाम्रो अब अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैन । त्यसैले अबको दिन पोखरामा तयारी गर्छाै । हामी त्यहाँ रहेर पनि मैत्रीपूर्ण खेलमै रहने छौं ।’ प्रशिक्षक श्रेष्ठले भने ।
नेपाली टोलीले सुरुवातमा जाउलाखेल युथ क्लबको मैदानमा तयारी गरेको थियो । जावलाखेलमा एक हप्ताको तयारीपछि नेपाली टिम एन्फा मैदानमा सरेको थियो । तर, प्रतियोगिता घासे मैदानमा हुने हुँदा नेपाली टिम पोखरामा तयारी गर्न गएको हो ।
साफ यू–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।
नेपालको समूहमा माल्दिभ्स र भुटान छन् । नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाली टिम :
गोलरक्षक :विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस