काठमाण्डौ- किर्गीस्तानमा जारी नाडेज्दा कप फुटबलको दोस्रो खेलमा नेपाल बलियो टोली उज्वेकिस्तानसंग पराजित भएको छ। आज भएको समुहचरणको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २-० ले पराजित भएको हो। नेपालले दुवै गोल डिफेन्डर र गोलरक्षकको कमजोरीमा व्यहोरेको थियो।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १-० ले पछि परेको थियो। ३४ औ मिनेटमा उज्वेकिस्तानले अग्रता बनाएको थियो। नेपालले दोस्रो हाफमा अर्को गोल खाएको थियो। ५१ औ मिनेटमा उज्वेकिस्तानका खेलाडीले अर्को गोल गर्दै सहज जित हात पारेको हो। नेपालले पाएका केहि अवसरको भने सदुपयोग गर्न सकेन।
जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ। नेपालको दुई खेलबाट ३ अंक रहेको छ।फिफा बरियतामा ४४ औ स्थानमा रहेको उज्वेकिस्तानबिरुद्ध १०१ औ स्थानमा रहेको नेपालले निक्कै प्रतिस्पर्धात्मक खेल खेलेको थियो। पहिलो खेलमा नेपालले घरेलु टिम किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको थियो। उज्वेकिस्तानले भने ताजकिस्तानलाई १२-० ले हराएको थियो नेपालले समुहचरणको अन्तिम खेलमा भोली कमजोर प्रतिद्धन्दी ताजकिस्तानको सामना गर्नेछ। समुहको शिर्ष दुई टिम १२ तारिकमा फाइनल खेल्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस