नेपालका कप्तान रोहितकुमारले ६७ रन बनाएपछि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो।
प्रतियोगिताको पहिलो दुई खेलमा पराजित भएर बाहिरिसकेका नेपाल र युएईबीच फ्री ट्रेड जोन स्पोर्ट्स कम्प्लेक्समा भएको समूह चरणको अन्तिम खेलमा आशिफ शेखसँग ७१ र सन्दीप जोरासँग ५५ रनको साझेदारी गर्दै कप्तान रोहितले ६४ बलमा ५० रन पूरा गरेका थिए।
नेपाली युवा टोलीसँग विश्वकप यात्रामा बाधक बनेको युएईविरुद्ध बदला लिने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालका ओपनरद्वय पवन सर्राफ र रित गौतम शून्य रनमा पभेलियन फर्केका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकका आशिफ शेख ५४ बलमा ८ चौकासहित ४५ रन बनाएर पभेलियन फर्के।
रोहितले ८३ बलमा ८ चौका र १ छक्कासहित ६७ बलको इनिङ खेल्दा सन्दीप जोराले ५३ बलमा ६ चौकासहित ४८ रनको योगदान गरे।
यसैगरी नेपालको इनिङमा रशिद खानले ४६ बलमा ५ चौकासहित ४४, कमलसिंह ऐरीले २५ बलमा ५ चौका र २ छक्कासहित ४१ रन बनाएका थिए।
आइसिसी यु-१९ विश्वकप एसियाली छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा युएईसँग १ रनले पराजित भएपछि नेपालको यात्रामा पूर्ण्विराम लागेको थियो।
प्रतियोगितामा नेपाल, युएई र कुवेतमात्र एसोसिएट राष्ट्र हुन्। अन्य सबै टेष्ट राष्ट्र हुन्। युएईले पहिलो खेलमा बंगलादेशलाई ६ विकेटको नतिजा सुम्पिएको थियो। दोस्रो खेलमा युएई श्रीलंकासँग ५२ रनले पराजित भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस