काठमाडौं-किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको अन्तिम लिग खेलमा नेपालले ताजिकिस्तानलाइ १-० ले पराजित गरेको छ। काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालको लागि सावित्रा भण्डारीले निर्णायक गोल गरेकी हुन्।
पहिलो हाफमा नेपालले अधिकांश समय बल पोसेसन राखेर ताजिकिस्तानलाइ दबाबमा राखेपनि गोल गर्न भने सकेन। पहिलो हाफमा ताजिकिस्तानभन्दा आधा दर्जन बढी पोस्टमा आक्रमण गरेपनि गोल गर्न सकेन।
दोस्रो हाफमा पनि उकृष्ट प्रदर्शन गर्दै थप आक्रमण गरेको नेपालले ८५ औ मिनेटमा सावित्रा भण्डारीले गोल गरेकी हुन्। गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन्। प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो। आजै हुने दोस्रो खेलमा उज्वेकिस्तान र आयोजक किर्गिस्तान बीच खेल हुनेछ। नेपालले पहिलो खेलमा किर्गिस्तान ८- २ र दोस्रो खेलमा उज्वेकिस्तानसंग २-० ले पराजित भएको थियो।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको लिग खेलमा आजको यो जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ। उज्वेकिस्तानको २ खेलमा ६ अंक जोडेको छ र एक खेल खेल्न बाकी छ।
नेपालले फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ। उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस