काठमाण्डौ– श्रीलंकामा जारी यु – १९ एसियाकप क्रिकेटमा नेपालले सुखद अन्त्य गरेको छ। समुहचरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याएको युएई ३४.४ ओभरमा १२५ अल आउट भएपछि नेपालले शानदार जित हात पारेको हो। यो जितसंगै नेपालले २ अंक जोड्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। युएई भने तीनै खेलमा पराजित भएको छ ।
श्रीलंकाको एफटिजेड स्पोर्ट क्लबको क्रिकेट मैदानमा टस जितेर युएईले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर २८५ रनको सम्मानजनक योगफल तयार पारेको थियो। कमजोर सुरुवात गरेको नेपालको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए। नेपालका दुवै ओपनर रित गौतम गोल्डेन डक आउट र पवन सर्राफ खाता नै नखोली पभेलियन फर्किएका थिए। कप्तान रोहित कुमार पौडेल ६७ रन, सन्दिप जोरा ४८ र आसिफ शेखले ४५ रनको योगदान गरेका थिए।कमलसिंह ऐरीले ४१, रासिद खानले ४४ र कुशल मल्लले २२ रन बनाए। भीम सार्की १ रनमा एलबीडब्लु धरापमा परे।
युएईका मोहम्मद आकाश ताहिर र संचित शर्माले समान ३/३ विकेट तथा कार्तिक मैयप्पनले २ र ऋषभ मुखर्जीले १ विकेट लिए।
२८६ रन्को जवाफी ब्याटिंग गरेको युएईका लागि सइद हैदर १५, निल लोबो ५, भिरित्या अरबिन्द रुद्राभल २८, अनश टन्डन १२, अल्सान सराफुल २१, ओसामा हसन १६, मोहम्मद फराजुद्दीन ९, संचित शर्मा ५, कार्तिक मैयप्पन ३, मोहम्मद आकाश ताहिर १ र
ऋषभ मुखर्जीले ओ रनमा नट आउट रहे। अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन्। युएईलाई कम स्कोरमा रोक्न सागर ढकालले ३ तथा रासिद खान,पवन सर्राफ र सुर्य तामाङले समान २/२ विकेट लिए। कमलसिंह ऐरीको नाममा १ विकेट लिए।
नेपाल पहिलो खेलमा श्रीलंकासंग ५ विकेटले र दोस्रो खेलमा बंगलादेशसंग ६ विकेटले पराजित भएको थियो। आयोजक श्रीलंका , बंगलादेश, भारत र अफगानिस्तान यसअघिनै सेमिफैनल पुगिसकेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस