पोखरा– बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पोखराको पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगितामा सानदार जितसँगै भ्याली स्पोर्टस् क्बल प्रिक्वाटरफाईनलमा प्रबेश गरेको छ ।
मंगलबार सम्पन्न दोस्रो चरणको खेलमा नदीपुर क्लबलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै भ्याली स्पोर्टस् अन्तिम १६ मा प्रबेश गरेको हो ।
भ्यालीसँगै अन्य ७ टिम प्रिक्वाटरफाईनलमा प्रबेश गरेको आयोजक संस्थाका सदस्य सुरज बिकले जानकारी दिए ।
उनका अनुसार तेस्रो बिष्णु तिमिल्सिना स्मृति कप च्याम्पियन तारा फुटबल क्लबको अनुपस्थितिमा योङस्टार एफ.सी वाकओभर मार्फत बिजयी बन्यो । पुरुन्चौर क्लबलाई एल.जी एशोसियसनले ४–१ गोल अन्तरले हरायो । अर्काे खेलमा लाहाचोकलाई बिष्णुपादुका हेमजाले ४–० को गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान जमायो ।
सँगम क्लबले रत्नसमाज कस्केरी जुनियरलाई ४–१ गोलले पाखा लगायो । आर एस एफ.सी ले मकवानपुर क्लबलाई ३–० गोल अन्तरले पराजित गर्याे ।
त्यस्तै मित्रता क्लबले ग्रीन क्लबलाई २–१ गोल नतिजा सहित खेलबाट पाखा लगायो भने अन्तिम खेलमा एल.जी एशोसियसनलाई सिम्पानी एफ.सीले ३–२ गोल अन्तरले हराउदै प्रिक्वाटरफाईनलको यात्रा तय गर्याे ।
आगामी २८ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५१ हजार १ सय ११ रुपैया प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा बिधागत रुपमा सर्बाेत्कृट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, तथा सर्बाधिक गोलकर्ता बन्न सफल खेलाडीलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको समेत आयोजकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस