काठमाण्डौ-अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाइ ४-० ले पराजित गरेको छ। उरुग्वे अमेरिकासँग १- १ को बराबरीमा रोकिएको छ भने कोपा अमेरिका च्याम्पियन ब्राजिल पेरुसंग १-० ले पराजित भएको छ।
उरुग्वे विरुद्ध अमेरिका
बुधबार बिहान भएको खेलमा उरुग्वे र अमेरिकाले १-१ गोलको बराबरी खेलेका हुन्। अमेरिकामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेले बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक भएको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन् सकेन दुवै गोल दोस्रो हाफमा सम्भब भएको हो। दोस्रो हाफको ५० औं मिनेटमा ब्रेन रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। ७९ औं मिनेटमा जोर्डन मोरिसले गोल गर्दै अमेरिकालाई १-१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो।
अर्जेन्टिना विरुद्ध मेक्सिको
अमेरिकाको टेक्सास सान एन्टोनियो स्थित अलामोडोमे स्टेडियमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४- ० ले पराजित गरेको हो। अर्जेन्टिनालाइ जिताउन लौटारो मर्तिनेज्ले ह्याट्रिक गरेका हुन्। उनले पहिलो हाफको १७, २२, ३९ औ मिनेटमा गोल गरेका हुन्। अर्को गोल ३३ औ मिनेटमा लियोंड्रो पाराडेसले गरेका हुन्। दोस्रो हाफमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल अर्जेन्टिनाले ४- ० ले जितेको हो।
ब्राजिल विरुद्ध पेरु
अमेरिकाको लस एञ्जलस स्थित युनाइटेड एयरलाईन्स फिल्डमा भएको खेलमा पेरुले ब्राजिललाइ १-० ले स्तब्ध परेको हो। पहिलो हाफमा दुवै टोलीबाट गोल हुन् नसकेर बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८५ औ मिनेटमा लुइस अब्राहमले हेदिंग बाट गोल गरेका हुन्। गत जुलाइमा ब्राजिलले पेरुलाई कोपा अमेरिकाको फाइनालमा ३-१ ले पराजित गरि उपाधि जितेको थियो। उक्त खेलमा ब्राजिलका लागि भिनिसियस जुनियरले राष्ट्रिय टिमबाट डेब्यु गरे।
अन्य मैत्रीपूर्ण खेलहरु
कोलम्बिया ०-० भेनेजुएला
इक्वेडर ३-० बोलिभिया
होन्डुरस २ -१ चिली
मोरक्को १-० नाइजर
रिपब्लिक अफ आयरल्याण्ड ३-१ बुल्गेरिया
युक्रेन २-२ नाइजेरिया
आइभरिकोस्ट २-१ ट्युनिसिया
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस