काठमाडौं – दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी भएका छन् ।
नयाँ बसपार्कस्थित ढोराटन क्लबको कोर्टमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–१ को सेटमा तथा पुलिसले आयोजक प्रगतिशिल युवा नेपाल क्लबलाई ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
मंगलबारको लागि तय भएको खेल वर्षाले प्रभावित बनेपछि बुधबार खेलाइएको खेलमा आर्मीले सफलता पाएको हो । प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै जिततर्फ अग्रसर बनेको आर्मीले प्रतिस्पर्धात्मक तेस्रो सेट २४–२६ ले गुमाएको थियो । चौथो सेटमा एकसमय ४–१० ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२३ को जित निकाल्दै ३–१ को सेटमा जित हात पा¥यो ।
बुधबारै समूह ‘बी’ मा उपाधिको दावेदार नेपाल पुलिस क्लबले आयोजक प्रगतिशिल युवा नेपाल क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१७, २५–१८ र २५–१५ को सहज जित निकालयो ।
आर्मीसँग पराजित हुनुअघि एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो एपीएफले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–२३ को सहज जित निकाल्यो ।
प्रतियोगितामा भोली (बिहीबार) ५ खेल हुनेछ । बिहीबार जावलाखेल र आर्मी, प्रगतिशिल युवा क्लब र गण्डकी प्रदेश, पुलिस र गल्कोट, एपीएफ र जावलाखेल तथा गण्डकी र गल्कोटबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस