काठमाडौ-किर्गिस्तानमा जारी नाडेज्दा कप फुटबलको उपाधिका उज्वेकिस्तान महिला फुटबल टोलीले जितेको छ। नेपाली महिला फुटबल टोलीलाइ ३-२ ले पराजित गर्दै उज्वेकिस्तान च्याम्पियन भएको हो।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा पहिलो हाफको ३९ औ मिनेटमा पहिलो गोल गरेको उज्वेकिस्तानले १-० ले अग्रता बनाएको थियो। उज्वेकिस्तानले दोस्रो हाफमा थप २ गोल थप्यो। उज्वेकिस्तानले ५५ र ६३ औ मिनेटमा गोल गर्दै ३–० को अग्रता बनाएको थियो। नेपालको लागि सावित्रा भण्डारीले ६३ र इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ३-२ को स्थितिमा ल्याएकी थिइन्।
उक्त प्रतियोगितामा आयोजक किर्गिस्तान, उज्वेकिस्तान, ताजाकिस्तान र नेपाल गरि ४ राष्ट्र सहभागी थिए। समुहचरणमा नेपालले आयोजक किर्गीस्तानलाई ८–२ ले तथा ताजाकिस्तानलाई १–० ले पराजित गरेको थियो भने उज्वेकिस्तानसगँ २-० ले पराजित भएको थियो। उज्वेकिस्तानले ताजकिस्तानलाई १२-० ले नेपाललाई २-० र किर्गीस्तानलाई ९-० ले हराउँदै अपराजित भएर फाईनल पुगेको हो। राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष दुई उपाधिका लागि भिडेका हुन्।
यो हारले नेपाली महिला टोलीको पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने सपना चकनाचुर भएको छ। फिफा बरियतमा नेपाल १०१ औँ र उज्वेकिस्तान ४४ औँ स्थानमा रहेका छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस