पोखरा– एशिया कुस्ती संघका उपाध्यक्ष ब्रजभूषण शरण सिंहले भारतले कुस्तीको विकासका लागि सहयोग गर्न तयार रहेको बताएका छन ।
नेपाल कुस्ती संघ र भारतीय कुस्ती संघले विहिबार पोखरामा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उपाध्यक्ष सिंहले यस्तो अभिब्यक्ति दिएका हुन ।
उनले खेलाडी उत्पादन र पूर्वाधार विकासमा पर्याप्त ध्यान दिन सक्नु पर्नेमा जोड दिए । उनी भारतको लोकसभा सदस्य, भारतीय कुस्ती संघ एवम् सार्क कुस्ती संघका अध्यक्ष समेत हुन् ।
भारतको कुस्ती विश्वमा उत्कृष्ट स्थानमा रहेको चर्चा गर्दै उनले नेपालले पनि त्यस प्रकारको सफलता पाउन सक्ने बताए ।
विशेषगरी कुस्ती खेलका लागि शारीरिक रुपमा तन्दुरुस्त युवा आवश्यक पर्ने भन्दै नेपालमा त्यसको सम्भावना धेरै रहेको धारणा राखे । ‘कुस्ती प्राकृतिक खेल हो । संसारमा कुनै न कुनै रुपमा कुस्ती हुँदै आएको छ ’ उनले भने, ‘नेपालका युवाको हात खुट्टा धेरै बलिया छन् । यसको फाइदा कुस्तीमा उठाउन सकिन्छ ।’
नेपाली युवामा मेहनत र परिश्रम गर्ने क्षमता रहेको उनले बताए । कुस्ती खेल साधारण र सामान्य परिवारका युवाहरुले खेल्न भन्दै थप प्रशिक्षणका लागि भारतले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । हरेक वर्ष नेपालबाट केही युवाहरुलाई कुस्ती खेलको प्रशिक्षणका लागि भारतमा सहयोग गरिँदै आइएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल कुश्ती संघका अध्यक्ष राज मोहम्मद अंसारीले नेपालमा आयोजना हुन लागेको दक्षिण एशियाली खेलकूद प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए । प्रतियोगिताको तयारी तिव्र भइरहेको भन्दै नेपालले त्यसको सफल आयोजना गर्ने पनि बताए ।
विभिन्न स्थानमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको बताए । प्रतियोगिताका केही खेलहरु पोखरामा हुने उनले जानकारी दिए । कुस्ती खेल आयोजना स्थल पोखरा हुन सक्ने भन्दै त्यसको तयारी स्वरुप असोजको पहिलो हप्तामा नेपाल भारत वीच मैत्रीपूर्ण कुस्ती खेल गर्न तयारी थालिएको पनि बताए ।
नेपाल कुस्ती संघको निमन्त्रणामा काठमाण्डौं र पोखराको भ्रमण आएका भारतीय कुस्ती संघका अध्यक्ष सहितका पदाधिकारीले मैत्रीपूर्ण प्रतियोगिताले अनुभव आदन प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।
भारतीय भ्रमण दलमा संघका सहायक सचिव विनोद तोमर, भारतीय किसान मोर्चाका राष्ट्रिय कार्यकारिणी सदस्य तथा भारतीय जनता पार्टीका कार्यकारिणी सदस्य अमिय भूषण, नेपाल भारत मैत्री संघका अध्यक्षी राज कुमार सिंधी, भारतका युवा व्यवसायी समाजसेवी कुन्दन सिह सहभागी थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस