पोखरा– लेकसाईड एरिनाद्वारा आयोजित होटल एण्ड रेष्टुरेष्ट फुटसल प्रतियोगिताको उपाधि अल्फान्जो रिसोर्टले जितेको छ ।
लेकसाईड फुटसल एरिनामा शुक्रबार सम्पन्न फाईनल खेलमा ब्यन्जन रेष्टुरेष्टलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अल्फान्जोले उपाधि जितेको हो ।
अल्फान्जोको जितका लागि अजय श्रेष्ठले ह्याट्रिक गरे भने म्यान अफ दि म्याच बनेका नाराण केसीले १ र रबि गुरुङले २ गोलको गरेका थिए ।
च्याम्पियन बनेको अल्फान्जोले उपाधिसँगै शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार रुपैया प्राप्त गर्याे भने उपबिजेता टिम ब्यन्जन रेष्टुरेष्टले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार रुपैयामा चित्त बुझायो ।
उक्त प्रतियोगिताबाट अल्फान्जोका अजय श्रेष्ठ उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए ।
२७ टिमको सहभागिताबाट बिजेता र उपबिजेत बनेका टिमलाई समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नागरिक समाज पोखराका अध्यक्ष बिष्णुहरी अधिकारी तथा युवा समाजसेवी अनिल थापा लगायतले पुरस्कार बितरण गरेका थिए । उक्त प्रतियोगिता गत २५ गते देखी सञ्चालनमा रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस