काठमाडौं-अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा पुगेको छ ।
अघिल्लो वरियतामा नेपाल १४ औं स्थानमा रहेको थियो । पपुवा न्युगिनीको वरियता बढेपछि नेपाल एक स्थान तल झरेको हो ।
नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । उक्त प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बन्चित भएको थियो ।
एसोसियट राष्ट्रको टी-ट्वान्टी वरियतामा नेपाल चौंथो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड, स्कटल्याण्ड र पपुवा न्युगिनी रहेका छन् ।
महिलाको टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत पनि यथावत रहेका छन् ।
आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।
नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ दुई स्थान झर्दै ५९ औं स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ सिता ८५ औं स्थान रहेकी छिन् ।
बलिङतर्फ पूर्व कप्तान नेरी थापा ९० औं स्थानमा झरेकी छिन् । बलिङतर्फ भने सिता शीर्ष १०० बाट बाहिरिएकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस