काठमाडौ-सन् २०२० मा हुने एएफसी यू-१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा आज पहिलो खेल घरेलु टोली जोर्डनसगँ नेपाली टोलीले खेल्दैछ। नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।
नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले जोर्डनसगँको खेलमा कम्तीमा भएपनि बराबरीमा रोक्ने योजना रहेको बताएका छन।
नेपाल हालै भारतमा सम्पन्न साफ यू-१५ च्याम्पियनसिपमा उपविजेता बनेको दुई साताको बिचमा दोस्रो प्रतियोगिता खेल्न लागेको हो। तर, भारतमा नेपाली टोलीको कप्तानी गरेका प्रदिप लम्साल, इश्वर गुरुङ र असिम राई टिममा छैनन्। एमआरआईबाट तीनै खेलाडीको उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु टिममा परेका छैनन्। प्रदिप लम्साल, इश्वर गुरुङ र असिम राई टिमबाट बाहिरिएपछि नेपालले जान लिम्बुलाई कप्तानको जिम्मेवारी दिएको छ।
सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंकाको अन्डर १६ टोली रहेका छन्।
नेपालले दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ। तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ। प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस